रौतहट । रौतहटको वृन्दावन नगरपालिका ६ हर्षाहा चोकस्थित सडकमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्र २-०३-०१७ प ९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ६ बस्ने २८ वर्षीय प्रमोद राय यादव गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते यादवलाई चपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




