बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ मालपोत चोकस्थित सडकमा कारको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । बा प्र ०१-०२५ च ६०७४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका ७ जितपुर शान्तिटोल बस्ने ७१ वर्षीया प्यारी साहको मंगलबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




