धनुषा । धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरस्थित सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको म प्र ०२–००७ प ९९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मिथिला नगरपालिका ३ का २३ वर्षीय सन्तोष महतो गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




