सर्लाही । सर्लाही र पर्सामा दुई फरक स्थानमा दुई जनाको शव फेला परेको छ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका १२ लौकटकी ७५ वर्षीया इन्द्रवती देवी साह शनिबार बिहान सोही ठाउँस्थित छठिघाट नहरमा मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानीयवासीले नहरमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको कारण खुलेको छैन । त्यसैगरी, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ बस्ने हरिहर प्रसाद सोनारको पनि शव फेला परेको छ ।
उनी शुक्रबार राति सोही महानगरपालिका ६ नजिकै रहेको एक भवनको पेटीमा मृत अवस्थामा फेला परेका छन् । दुवै घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




