रौतहट । रौतहटमा लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका ८ बलुवा गोठटोल गोनवर मियाको छोरा वर्ष १० का अरबाज मिया छन् ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार घर नजिकै लालबकैया नदीको पानीमा बग्ने नहरमा दिउँसो २ बजे नुहाउने क्रममा बालक बेपत्ता भएका थिए ।
खोज तलासको क्रममा २:४० बजेको समयमा बालकलाई फेला पारेर उपचारको लागी स्थानिय प्राथमिक स्वस्थ्य केन्द्र राजपुर फरहदवामा लग्दा मृत घोषणा गरेको डिएसपी कार्कीले बताए ।




