धनुषा । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा सोमबार साँझ एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय धर्मेन्द्र महासेठका ६ वर्षीय छोरा यन्स महासेठ इम्ली पोखरीमा डुबेका थिए ।
डुबेर अशक्त भएका उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




