सप्तरी । सप्तरीको खड्क नगरपालिका ११ बनौलीस्थित सडकमा पिकअप गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बोदेबरसाईनबाट राजबिराजतर्फ जाँदै गरेको स १ च १८६५ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा डाक्नेश्वरी नगरपालिका १० बनौला निवासी १८ वर्षीय अमन मण्डल गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज लगिएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनापछि पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




