सिराहा । सिराहाको नरहा गाउँपालिका ३ स्थित सडकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । सोमबार साँझ रोकी राखिएको प्र २–०४–००१ च ००३८ नम्बरको पिकअप भ्यानमा बीआर ३२ वाई ७५९९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय ती युवकको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पिकअप र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




