सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ । ब्रहम्पुरी गाउँपालिका ६ बस्ने रामपृत रायका छोरा आकाश राय मंगलबार साँझ सोही गाउँस्थित पोखरीमा डुबेर अशक्त बनेका थिए ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




