धनुषा । धनुषाको विदेह नगरपालिका ९ स्थित नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मंगलबार फेला परेका ती पुरुषको परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनको उमेर अन्दाजी ४५ वर्ष रहेको बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई परीक्षणका लागि पठाएको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




