महोत्तरी । महोत्तरी र बारामा बुधबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका ६ परिक्रमा पोखरी नजिक बस्ने नसोदिन साफीको छोरा १२ वर्षीय सलमान साफी सोही ठाउँस्थित पानी जमेको खाडलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बाराको कलैया उपमहानगरपालिका ४ बस्ने ४८ वर्षीय सुबोध कुमार न्यौपाने आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




