बारा । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा बिहान उनीहरु पुरिएका हुन् । घटनामा अन्य १० जना सामान्य घाइते भएका छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न बाँकी छ ।
सबै घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनापछि सशस्त्र प्रहरी र जनपथ प्रहरीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई अस्पताल पुर्याएका थिए ।




