सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका २ चाँदनी चोकस्थित सडकमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
ना १ अ यो १८६ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका ७६ वर्षीय बमभोज चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी साइकलमा यात्रा गर्दै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




