सिराहा । सिरहा नगरपालिका २० लकडिगदियानीबाट स्रोत नखुलेको नगद ८ लाख २५ हजार रुपैयाँसहित कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लकडिगदियानीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म प्र ०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक मण्डललाई नियन्त्रणमा लिएको हो ।
यस घटना सम्बन्धी थप अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ ।




