पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित सिकारीबास पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, बिजयबस्तीबाट ब्रहमानगरतर्फ आउँदै गरेको ना २६ प ८३५१ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा सोही गाउँपालिका–३ ब्रहमानगरका २१ वर्षीय राजेश श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि स्पर्श अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




