सप्तरी । सप्तरी जिल्लाको राजबिराज नगरपालिका १२ सिङ्योनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार, सोही ठाउँका २१ वर्षीय अजय कुमार यादवलाई सोमबार दिउँसो घरमा बिजुलीको बोर्ड बनाउने क्रममा करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




