बारा । बाराको कलैया उपमहानगरपालिका ७ स्थित सडकमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बघवनबाट रंगपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय राम नारायण यादव गम्भीर घाइते भएका थिए । उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएका यादवको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गर्नुका साथै घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




