सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका २ फूलपरासीबाट करिब ५ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले बुधबार बिहान फूलपरासीतर्फ जाँदै गरेको बीआर ०७ एजी ८१०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका १ सुन्दरपुर बस्ने ३० वर्षीय लोजा बैठासहित दुई जना रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई सुखचैनाबाट फूलपरासीतर्फ जाँदै गर्दा पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




