धनुषा । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा ६० वर्षीया कोशिला देवी मुखियाको मृत्यु भएको छ ।
मधेश प्र ०२-००८ प ४३७८ नम्बरको मोटरसाइकललाई मधेश प्र ०२-००८ प ५६६९ नम्बरको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मुखियाको मृत्यु भएको हो ।
मुखियालाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।




