बारा । बारामा बुधबार दिउँसो राजु यादवको ५ वर्षीय छोरा अभिषेक यादव आफ्नै घरमा बन्दै गरेको ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । डुबेर अशक्त भएका बालकलाई प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, महोत्तरी एकडारा गाउँपालिका ६ कोल्हुवा बस्ने सुनिल पण्डितको १० वर्षीय छोरा कुञ्जन पण्डित सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको छ ।
उपचारका क्रममा उनको प्रादेशिक अस्पताल जलेश्वरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




