बारा । बाराको परवानीपुर गाउँपालिका २ मुसहरी टोलस्थित सडकमा बुधबार राति ना १ ज ७३७३ नम्बरको सुमोले ठक्कर दिँदा ६५ वर्षीय गौरी शंकर साहको घटनास्थलमै मृत्यु भएको छ ।
घटनापछि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




