बारा । बाराको बारागढी गाउँपालिका ६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ । ४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा निधन भएको हो ।
साह लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । दोस्रो कार्यकालका लागि उनी कांग्रेसबाट निर्वाचित थिए भने पहिलो कार्यकालका लागि जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनका २ छोरी, एक छोरा र श्रीमती रहेकी छन् ।




