बारा । बाराको परवानीपुर गाउँपालिका १ बुनियाका ५५ वर्षीय भुखि महतोको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर महतो गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ ।




