सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका २ बैरिया निवासी २८ वर्षीया मालती देवी साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । उनले आफ्नै घरमा लुगा सुकाउने फलामको तारमा कपडा राख्ने क्रममा विद्युत् प्रवाह भई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई छिन्नमस्ता अस्पताल राजविराज पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको हो । मालतीलाई करेन्ट लागेको देखेर बचाउन प्रयास गर्ने क्रममा थप दुई जना समेत करेन्ट लागी घाइते भएका छन् । उनीहरू हाल सोही अस्पतालमा उपचाररत छन् । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




