सिराहा । सिराहा नगरपालिका १८ लक्ष्मीनियाका धनेश्वर मण्डलका दुई वर्षीय छोरा ऋषि कुमार मण्डलको पोखरीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ । परिवारका अनुसार घर नजिकै खेल्ने क्रममा उनी पोखरीमा डुबेका थिए ।
पानीमा डुबेर अशक्त बनेका बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




