सिराहा । सिराहाको भगवानपुर गाउँपालिका २ नरहा चोकस्थित सडकमा प्रदेश २-०१-००१ त २०२१ नम्बर ट्याक्टरले किचेर सोही ट्याक्टरमा काम गर्ने भगवानपुर गाउँपालिका १ भगवानपुर बस्ने २५ वर्षीय शम्भु पासवानको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




