धनुषा । धनुषाको सहिदनगर नगरपालिका १ रामघाटस्थित कमला खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ४ डरौलकी १६ वर्षीया आशा कुमारी महरा बुधबार बिहान खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएकी थिइन् ।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि सबैला अस्पताल पुर्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




