सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित माथिल्लो देउराली सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार बिहान सो जंगलमा लालबन्दी नगरपालिका १६ बस्ने ५५ वर्षीय भरत बस्नेतको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको मुचुल्का गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बस्नेतको मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा पठाइएको बताइएको छ ।




