धनुषा । धनुषाधाम नगरपालिका ९ धारापानीस्थित सडकमा बर्दिवासतर्फ जाँदै गरेको प्र ३-०१-०२२ च ६७२३ नम्बरको कार अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा कारमा सवार नवलपरासी पूर्व देवचुली नगरपालिका १ बस्ने २० वर्षीय सुजित यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




