जनकपुरधाम । मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तोडफोड र तालाबन्दी गरिएको छ ।
प्रदेश सभाका विभिन्न दलका सांसदले मुख्यमन्त्री र मन्त्रालयमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् भने कैयौं मन्त्रालयमा तोडफोड समेत गरेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएपछि मधेशमा नयाँ विवाद सुरु भएको हो ।




