पर्सा । पर्सा र सप्तरी जिल्लामा सोमबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । पर्साको पर्सागढी नगरपालिका ७ रघुनाथपुरस्थित उखु खेतमा सोही स्थानकी ४८ वर्षीया हसनतारा खातुन मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ जितखोरास्थित सडकछेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । दुवै घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।




