बारा । बारागढी गाउँपालिका २ बिसनपुर्वास्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय छठु चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल, परवानीपुर पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीले दुर्घटनाका कारण पत्ता लगाउन र आवश्यक अनुसन्धान गर्न प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।




