महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ११ इमली बजारमा शुक्रबार दिउँसो काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । विजुलीको पोलमा चढेर मर्मत कार्य गरिरहेका सोनमा गाउँपालिका ३ गोबरहियाका ३० वर्षीय जय कुमार यादवलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि जनकपुर मोडेल अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उपचारको क्रममा नै उनको मृत्यु भएको घोषणा गरेका थिए । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




