सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १ मेदनीपुरस्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । सुखीपुरबाट लहानतर्फ गइरहेको म प्र ०२–००८ प ७८५० नम्बरको मोटरसाइकलले शनिबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका नवराजपुर गाउँपालिका देवनगर टोलका ५५ वर्षीय बेचन ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
यस घटनापछि मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




