काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जनाएको छ । हाल देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०४ गते (बुधबार)
राती : देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०५ गते (बिहिबार)
दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ।देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०६ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।






