काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरामा मोटरसाइकल दुर्घटना भएको छ । बिहीबार साँझ साढे आठ बजेको समयमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
गरुडाबाट हरसहा तर्फ आउँदै गरेको बा २८ प ८७६९ नम्बरको मोटसाइकल आफै अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ ।
दुर्घटनामा पहिचान खुल्न नसकेका १९ वर्षका एक किशोर गम्भिर घाईते भएका छन् । घाईते युवकको गरुडाका हेल्थ ल्याण्ड अस्पताललमा उपचार भईरहेको छ । उनको अहिले सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।






