सलार्ही । नम्बर नखुलेको सबारी साधनको ठक्करबाट शुक्रबार राति एक पैदल यात्रुको मृत्यु भएको छ । हरिवन नगरपालिका–४ स्थित सासापुर हेल्थपोष्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका स्थानिय ४५ वर्षीय रामबलि रामको सवारी साधनको ठक्करबाट मृत्यु भएको हो ।
शुक्रबार राति ८ बजेर १० मिनेटमा पूर्वबाट पश्चिचम तर्फ जाँदै गरेको सवारी साधनले रामलाई ठक्कर दिएको प्रहरीले जनाएकने छ । नम्बर नखुलेको उक्त सवारी साधन रात्रि बस हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा रहेको सीसी टीभी फुटेज अध्ययन भईरहेको र ठक्कर दिने सवारी साधन नजिक पुगिएको ईलाका प्रहरी कार्यालय हरिवनले दाबी गरेको छ । टाउकोमा चोट लागेका रामको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक रामको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएको छ । शुक्रबार राति केहीबेर मृतकका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् ।






