काठमाडौं । ढल्केबर सडकखण्ड अन्तर्गत राजदेवी मन्दिर अगाडि सवारी दुर्घटना भएको छ । ना १ ज ६३८५ को विङर ओभरस्पिडले अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
दुर्घटनामा चार जना घाइते भएका छन् । एकको अवस्था भने गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेहरुमा लब कुमार सिंह, मनिसा कुमारी गुहार, चाँदनी कुमारी छन् ।
चालक सन्तोस कुमार यादव गम्भीर घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जनकपुर प्रदेशिक अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ ।






