सर्लाही । निरन्तर सर्लाहीका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ । पुर्व पश्चमि लोकमार्ग क्षेत्र र चुरेसँग जोडिएका राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोले त्यस क्षेत्रका वन पैदावार जलेर नष्ट भएको छ ।
पछिल्लो एक महिनाको अवधिमा निरन्तर सर्लाहीका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ । पुर्व पश्चिम लोकमार्ग क्षेत्र र चुरेसँग जोडिएका राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोले त्यस क्षेत्रका वन पैदावार जलेर नष्ट भएको छ ।
पछिल्लो एक महिनाको अवधिमा जिल्लाका सबैतिर गरी करिब १ हजार २ सय भन्दा बढी हेक्टर जमिनमा डढेलो लागेको सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख उज्वल कुमार यादवले बताउनु भयो ।
जिल्लाको लालबन्दी, इश्वरपुर, हरिवन, बागमती र बरथवा नगरपालिकाको क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका सामुदायिक वन तथा राष्ट्रिय वन र चुरे क्षेत्रका वनमा लागेको डढेलोले ठूलो परिमाणमा वन पैदावारको क्षति गरेको र कतिपय वन्यजन्तु समेत डढेलोबाट प्रभावित भएको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख देवले बताउनु भयो ।
वन क्षेत्रमा दैनिक डढेलो बढ्दै गएर वन पैदावार नष्ट हुन थालेपछि कतिपय सामुदायिक वन उपभोक्ता समुहहरूले डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश नम्बर २ को न्यायिक समितिका संयोजक उत्तर कुमार मैनालीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका पूर्वी तथा उत्तरी भेगका इश्वरपुर, लालबन्दी, हरिवन, बागमती र बरथवा नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जङ्गलमा घाँस दाउरा गर्नेहरुले आगो लगाउने गरेका पाइएको छ ।
जिल्लाभरी ६५ वटा सामुदायिक वन हस्तान्तरण भइ सकेका छन् भने ४ वटा साझेदारी वन रहेका छन् । जिल्लामा रहेका वनहरुमा सकेसम्म डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय सर्लाही तथा सव डिभिजन वन कार्यालयहरुले विभिन्न उपाय अपनाउँदै आएको पनि कार्यालय प्रमुख देवले बताउनुभयो ।
बिगत लामो समयदेखि पानी नपर्दा वनमा सुकेका पातपतिङ्गर धेरै जम्मा भएको र त्यस माथि चर्को घामसँगै चैत महिनामा चलेको तातो हावाले वन क्षेत्रमा डढेलो लाग्न सहज भएको वन कार्यालयका कर्मचारीहरूले नै बताउने गरेका छन् ।






