सर्लाही । सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कार्यालय हरिवनले फरार प्रतिवादी पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा दुई महिना कैद र रु २ हजार जरिवाना तोकिएका हरिवन नगरपालिका ८ बस्ने अन्दाजी ३० वर्षीय चूडाबहादुर राई (सुरज) लाई ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले घरबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक गिरीका अनुसार गत वर्ष चैत ९ गते सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा कैद र जरिवानाको फैसला गरेपछि राई फरार भएका थिए । उनलाई पक्राउ गरि अदालत बुझाइएको हो । प्रहरीले यसअघि बिहीबार पनि चोरी मुद्दामा एक महिना कैद र रु ६० हजार जरिवाना तोकिएपछि फरार भएका हरिवन नगरपालिका ११ का बुधन भन्ने शेष हमिद (बुधन) लाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी प्रमुख भएर प्रहरी निरिक्षक गिरी आएपछि फरार प्रतिवादीहरुका साथै हराएका मोटरसाईकलहरु नियन्त्रणमा लिएर सम्बन्धी मोटरसाईकल धनीलाई मोटरसाईकल हस्तान्तरण गर्ने लगायतका काम सक्रियाताका साथ गरि रहेका छन् ।






