काठमाडौं । सरकारले चीनबाट अनुदानमा आएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप भोलि (बुधबार) बाट लगाउन सुरु गर्दै छ । स्वास्थ्य मन्त्रालयले उक्त खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ ।
मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने छ । खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन छुट भएका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुलाइ पनि सो खोप दिइने छ ।
खोप कहाँ लगाउने ?
उल्लेखित व्यक्तिहरुले तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने छन् । खोप लगाउन जाँदा आफ्नो प्रमाणित परिचयपत्र देखाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल, मिनभवन
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज, अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानीपोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चाबहिल
१४. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल, भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१८. किष्ट मेडिकल कलेज, ललितपुर
१९. आनन्दवन अस्पताल, ललितपुर
२०. धुलिखेल अस्पताल, काभ्रे
२१. त्रिशुली अस्पताल, नुवाकोट
२२. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल, रसुवा






