सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १४ मा रहेको विद्यालयको जग्गा अतिक्रमणको सिकार भएको छ । लालबन्दी नगरपालिका १४ को मोटर दोभानमा रहेको सक्तास निमाविको भवन रहेको क्षेत्रकै जग्गा अतिक्रमणको चपेटामा परेको हो ।
वि.सं. २०४०/०४२ सालदेखि विद्यालयले भोगचलन गरि रहेको जग्गा स्थानिय व्यापारीहरु र स्थानिय जनप्रतिनिधिहरुको मिलेमतोमा अतिक्रमणको चपेटामा परेको हो ।
विद्यालयको प्राङ्गण क्षेत्रमै लामो समयदेखि व्यापार व्यावसाय गरि रहेको व्यापारीहरु र जनप्रतिनिधिहरु तथा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा अतिक्रमणको प्रयास भएको हो ।
लालबन्दी नरगपालिका १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोन, विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर वस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर ल्होको मिलेमतोमा अतिक्रमणको चपेटामा परेको हो ।
सो क्षेत्रका अभिभावकहरुले रु २०/५० आर्थिक संकलन गरेर १५ कठ्ठा जग्गा खरिद गरि विद्यालय स्थापना गरेको भएपनि अहिले जनप्रतिनिधिहरु, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा वडाको स्वास्थ्य संस्था राख्न दिने तयारी भएको स्थानिय चन्द्रलाल पाख्रिङ्गले बताउनु भयो ।
उहाँका अनुसार आफुहरुले रु २०/५० आर्थिक संकलन गरेर १५ कठ्ठा जग्गा खरिद गरि विद्यालय स्थापना गरेको भएपनि जनप्रतिनिधिहरु, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा अतिक्रमण गर्न खोज्नु आफुहरुका लागि अमान्य हुने छेनाम सिंह घिसिङ्गले बताउनु भयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुर्धान पहल गर्नुको सट्टा वडा अध्यक्ष आफैँ मिलेर स्थानिय वडाबासीसंग समन्वय नै नगरि अर्काे सरकारी कार्यालय ल्याई विद्यालयको जग्गा अतिक्रमण गरिनु आफुहरुको लागि चासोको विषय रहेको स्थानियबासी आइतसिंह घलानले बताउनु भयो ।
पटक पटक बैठक बसेपनि स्थानिय अभिभावकहरुको विरोधका कारण बैठकले निर्णय लिन नसकेको स्थानियले बताएका छन् । आफुहरुले नगरपालिकाको शिक्षा शाखा र नगरपालिकाको न्यायिक समितिमा समेत सरकारी जग्गा अतिक्रमणका विरुद्ध निवेदन दिईसकेको स्थानियले बताएका छन् ।
वडा कार्यलयले वर्थिङ्ग सेन्टरको स्थापनाका लागि विद्यालयको खाली रहेको जग्गालाई प्रयोग गर्न खोजेको लालबन्दी १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोनले बताउनु भयो । उहाँका अनुसार सर्व पक्षिय सर्व दलिय सहमतीमा राख्ने तयारी गरिएको भएपनि पछि विरोध भएपछि अहिले तत्कालका लागि सो निर्णय स्थगीत गरिएको हो ।






