काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएको एक वर्ष भई सक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १३ करोड ३० लाखभन्दा बढी छ भने २८ लाख ८५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड १५ लाख ५९ हजार ७ सय १० जना संक्रमित भएकोमा ५ लाख ७० हजार २ सय ४७ जनाको ज्यान गएको छ । कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख ६ हजार ५८ पुगेको छ ।
ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३ लाख ३७ हजार ३ सय ६४ पुगेको छ । यस्तै तेस्रो स्थानमा रहेको भारतमामा कोरोना संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७ सय ४६ पुगेको छ भने ज्यान गुमाउनेको १ लाख ६६ हजार २ सय ८ रहेको छ ।
यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, रुस पाँचौँ, बेलायत छैठौँ, इटाली सातौँ, टर्की आठौँ, स्पेन नवौँ र जर्मनी दशौँ स्थानमा रहेको छ ।
वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ५२ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको छ भने ३ हजार ३६ जनाको ज्यान गइसकेको छ ।






