मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा माल सामान हराउन सक्छ । अनवास्यक बुद्धि र विवेक खर्च हुने योग पनि छ । सोमबारबाट विद्या र बुद्धिको विकास हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ ठाउँको भ्रमण र नयाँ भौतिक साधन जुटाउने समय छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता विशिष्ट व्यक्तिको सहयोग मिल्ला । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । नयाँ काम वा रोजगार पाइनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ, तर स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शेयर बजारको क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्यप्रगतिका योग पनि देखिन्छन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रमणीय र सुखद् यात्राको योग छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कार्य सम्पादनमा समस्या आउन सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । साताको अन्त्यमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ला । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । सफल र माइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य सातामा समान सामान हराउन पनि सक्छ । चुनौतीको सामना गरि गलत निर्णयलिन पुगिएला सचेत रहनुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह रहला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको अन्त्यमा भने काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ र अनावश्यक ठाउँमा धन खर्च होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । शुभ कार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता श्रीवृद्धिका साथै नयाँ कार्यप्राप्तिको योग पनि देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यमा सरिक भइनेछ । साताको अन्त्यमा मनमा चञ्चलता बढ्नेछ । चोट पटकको भय छ, सचेत रहनुपर्ला । (अधिक जानकारीका लागि 977-9849559502)






