काठमाडौं । युरोपमा थुप्रै राष्ट्रमा अहिले मङ्कीपक्सको संक्रमण देखिएको छ । यो रोग पहिले पश्चिम अफ्रिकामा मात्रै देखिन्थ्यो । युरोपमा अनौठो तरिकाले फैलिएपछि हामी सबैको ध्यान मङ्कीपक्सले तानेको छ ।
के हो त मङ्कीपक्स ? मङ्कीपक्स लागेको कसरी थाहा पाउने ?
मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ । मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।
यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने , थकान महशुस हुने लक्षण देखिन्छ । मानिस तथा जनाबरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।
यो जनावरबाट मान्छेमा सर्ने रोग हो । मंकी पक्स लागेका व्यक्तिको संक्रमणकाल ७ देखि १७ दिनको हुन्छ । यसको ठोस उपचार पनि छैन । यो रोग हाल एसियामा देखिएको छैन ।




