सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १४ का विभिन्न स्थानहरुमा लगाइएको अबैध लागुऔषध गाँजा फडानी गरिएको छ । लालबन्दी नगरपालिका १४ स्थित विभिन्न स्थानमा लगाइएको करिब ८ विघा क्षेत्रफलको लागुऔषध गाँजा नेपाल प्रहरीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १४ स्थित विभिन्न स्थानमा लगाइएको करिब ६ विघा क्षेत्रफलको लागुऔषध गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय केशरगन्जबाट खटिएको ६० जनाको प्रहरीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १४ स्थित विभिन्न स्थानमा लगाइएको करिब ६ विघा क्षेत्रफलको लागुऔषध गाँजा फडानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदी हाजिर हुना साथ उनले सुरुमै गाँजा खेती प्रति ‘एक्सन’ लिएका हुन् । गाँजा खेती नष्ट गर्न आईतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक र इलाका प्रहरी कार्यालय लालबन्दी ईलाका प्रहरी कार्यालय केशरगन्जबाट पनि पनि प्रहरी निरिक्षककै कमाण्डमा ६० जना प्रहरी टोली नारायण खोला पुगेको थियो ।
प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा करिब ८ बिघा क्षेत्रफलको तयारी हुन लागेको गाँजा फडानी गरेको हो । नारायण खोलामा हरेक वर्ष प्रहरी गएर गाँजा फाँड्ने गरेको छ । तर, पनि स्थानीयले गाँजाको खेती लगाउन छाडेका छैनन् ।
सडक नपुगेको, फोन समेत नलाग्ने र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्दै आइरहेका हुन् ।
अहिले त्यहाँ डाडापाखाका बारीभरी गाँजा खेती छ । तयार हुनै लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको स्थानीयले गुनासो पोखे । गाँजा खेती कानुनद्धारा बज्रित हो भन्ने थाहा पाउँदा पाउँदै अन्य बालीको साटो आम्दानी राम्रो हुने देखेर स्थानीयले गाँजाको खेती गर्दै आएका छन् ।
यसैबीच आईतबार गाँजा फडानी गर्न गएको प्रहरी टोलीका एक प्रहरीले महिलालाई घरभित्रै पसेर अभद्र व्यवहार गरेको भन्दै सत्रकठ्ठाका केही स्थानीयले प्रहरीलाई लालबन्दीतर्फ फर्किनेक्रममा केहीबेर गाडी रोकेर अवरोध गरेका समेत सुचना आएको छ ।
उनीहरुले गाँजा फडानी गर्न भनेर आएको प्रहरीले महिलामाथि नराम्रो व्यवहार देखाएको भन्दै केहीबेर गाडी छेकेका थिए । तर प्रहरीले यस विषयलाई सार्वजनिक गरेको छैन । जिल्लाको चुरे क्षेत्र स्थित रहेका विभिन्न स्थानहरुमा अवैध लागुऔषध गाँज खेती गर्ने गरिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १४ का विभिन्न स्थानहरुमा लगाइएको अबैध लागुऔषध गाँजा आइतबारदेखि प्रहरीले फडानी गरिएको छ ।




