धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार राती चोरी भएको छ । मन्दिरबाट राजदेवी भगवानको मूर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब छ लाख मुल्य बराबरको सामान चोरी भएको छ ।
महेन्द्रनगर–जनकपुर सडकसँगै टाँसिएर रहेको ऐतिहासिक राजदेवी मन्दिर निकै प्रसिद्ध छ । ऐतिहासिक धार्मिक राजदेवी मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीर रूपमा लिएका छन् । राती १२ बजे चोरी भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी घटना सम्बन्धीमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोज तलासमा जुटेको जनाएको छ ।




