बीबीसी । भारतमा पहिलो पटक भेटिएको कोरोना भाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ । स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुन सक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन् । यस बारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ । कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन् ।
भारतीय भेरिअन्ट कस्तो हो ?
तिनैमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन् । पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ । त्यसको कारण बारे अनुसन्धानब्रिटेन सरकारले यात्रामा प्रतिबन्ध लगाइएको देशहरूको रातो सूचीमा भारतलाई पनि समावेश गरेको छ । तर भारतीय भेरिअन्ट यूके, ब्रजिल र दक्षिण अफ्रिकाका भेरिअन्ट जस्तै ‘चिन्तित तुल्याउने भेरिअन्ट’ हो भन्ने पर्याप्त आधार अहिलेसम्म छैन ।
अन्य भेरिअन्टको अवस्था
कोभिड-१९ का केही भेरिअन्टहरू थप सङ्क्रामक र केही हदसम्म प्रतिरोधात्मक क्षमतालाई छल्ने खालका छन्:
यूके वा केन्ट भेरिअन्ट (बी.१.१.१) धेरै जस्तो ब्रिटेनमा देखिएको छ र ५० वटा देशमा फैलिएको छ । दक्षिण अफ्रिका भेरिअन्ट (बी.१.३५१) ब्रिटेनसहित कम्तीमा २० अन्य देशमा भेटिएको छ ।
ब्रजिल भेरिअन्ट (पी.१) पनि अहिले ब्रिटेनमा भेटिएको छ । पुरानो स्वरुपको भाइरसले जेष्ठ नागरिक वा स्वास्थ्य जटिलता भएकाहरूलाई उच्च जोखिममा पार्ने गरेको थियो ।
यूके भेरिअन्ट बारे केही अनुसन्धानहरूले मृत्युको ३० प्रतिशत उच्च जोखिमसँग त्यो सम्बन्धित रहेको देखाएका छन् । तर, अहिलेसम्म निष्कर्षमा पुग्न यथेष्ट प्रमाणहरू छैनन् ।
खोपले काम गर्छ ?
अहिलेका खोप कोरोना भाइरसको सुरुको स्वरूपलाई ख्याल गरेर तयार गरिएका हुन् । तर वैज्ञानिकहरूले ‘सम्भवत: धेरै राम्रो नगरे पनि’ तिनले काम गर्ने विश्वास गर्छन् । प्रयोगशालाको परिणामले थोरै कम प्रभावकारी भए पनि फाइजर खोपले नयाँ भेरिअन्टविरुद्ध सुरक्षा दिने देखाएको छ । जारी रहेको बताइएको छ ।
नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन् । अनुमति पाउने अवस्थामा रहेका नोभाभ्याक्स र यान्सनका दुईवटा खोपले पनि केही सुरक्षा दिने बताइएको छ । अक्सफोर्ड-आस्ट्राजेनेका खोप समूहको तथ्याङ्कले उक्त खोपबाट यूके भेरिअन्टविरुद्ध मात्र सुरक्षा दिने जनाएको छ । दक्षिण एफ्रिकी भेरिअन्टबाट यसले कम सुरक्षा दिन्छ ।
मोडेर्नाको यसअघिको परिणामले दक्षिण अफ्रिकाको भेरिअन्टविरुद्ध उक्त खोप प्रभावकारी रहेको देखाएको छ । तर प्रतिरोधात्मक क्षमता लामो समयसम्म वा बलियो नरहन सक्छ । भविष्यमा भाइरसको भेरिअन्ट फरक रूपमा विकास हुन सक्छ । तर खोपमा सुधार र त्यसको पुनर्संरचना गर्न सक्ने विज्ञहरूले जनाएका छन् ।






