सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका तत्कालीन जिल्ला शिक्षा अधिकारी तथा हाल सर्लाहीको लालबन्दी नगरपाकिामा कार्यरत वासुदेव तिमल्सिना लगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । दरबन्दी नै नभएका शिक्षकको सरुवा पदस्थापन गरेको भन्दै तिमल्सिना माथि मुद्दा दायर भएको हो ।
यस्तै अख्तियारले सोही प्रकरणमा साविक श्री डिम जनता उच्च माध्यमिक विद्यालय परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य हाल रामअवतार जनता माध्यमिक विद्यालय, हरिवन, सर्लाहीका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीका शिक्षक पाँचु रायविरुद्ध मुद्दा दायर गरेको हो ।






