सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको बाँके जंगलमा परियोजना प्रमुख र सहायक वन अधिकृतको मिलेमतोमा व्यापक काठ तस्करी भएको छ । परियोजनाको बाँके जंगलमा परियोजना प्रमुख राम किशोर यादव र सहायक वन अधिकृत शिवेन्द्र चौधरीको मिलेमतोमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् ।
सागरनाथ वन विकास परियोजना अन्तर्गत रहेको बाँके जंगलबाट व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको भएपनि परियोजना प्रमुख यादव सहित परियोजनाका सहायक वन अधिकृत चौधरी मौन देखिनुले उनीहरुको संग्लग्नतामा काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् ।
सागरनाथ वन विकास परियोजनाका एक सय ४६ जना कर्मचारीहरुले विगत करिब आठ महिनादेखि तलब खान नपाएको गुनासो गरि रहँदा परियोजना भित्रको काठ तस्करीमा परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी व्यापक मात्रामा काठ तस्करी हुँदा समेत मौन बस्नुले तस्कर र कार्यालय प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतो रहेको स्थानीयले आशंका गरेका छन् ।

यता, जिल्लाका केही मिडियाहरुमा “सागरनाथ वन विकास परियोजना भित्र काठ तस्करी व्यापक, परियोजना मौन” शिर्षकमा समाचार प्रकाशन भएपछि परियोजना प्रमुख यादवले विभिन्न मानिसहरु मार्फत फोन गराई समाचार हटाउन दवाव दिएका छन् । जसबाट पनि परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतोमा परियोजनाको क्षेत्रभित्रको जंगलबाट सालका रुखहरु काटि तस्करी भएको प्रष्ट हुन्छ ।
परियोजनाले परियोजना परिसरमा थुपारेर राखिएको काठ लिलामी गर्न नसक्दा कर्माचारीहरुलाई तलब खुवाउन नसकेको बताई रहँदा काठ तस्करी हुँदा समेत मौन बस्नुले पनि कार्यालय प्रमुख यादव, सहायक वन अधिकृत चौधरी र काठ तस्करहरु विच कुनै न कुनै रुपमा मिलेमतो रहेको सहजै अनुमान गर्न सकिन्छ ।
त्यसैगरी परियोजना प्रमुख यादवले ईश्वरपुर नगरपालिका ४ स्थित रहेको अमुवा खोल्सीबाट नदीजन्य पदार्थ अवैध तरिकाबाट उत्खनन् गर्न दिएका छन् । ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने अमुवा खोल्सीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न परियोजना प्रमुख यादवले कमिसन लिएर सहजता प्रदान गरेका पाइएको स्थानीयले बताएका छन् ।
अमुवा खोल्सीमा उत्खनन् गर्दै गर्दा बा १ क ७५९४ नम्बरको जेसिवी र ज १ त ५३८३ र ज २ त ६११ नम्बरको ट्याक्टर प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएपछि सो कुरा बाहिरिएको हो । प्रहरीका अनुसार अमुवा खोल्सीमा अवैध तरिकाबाट जेसिवी नै लगाएर ६ वटा ट्याक्टरबाट नदी जन्य पदार्थ उत्खनन् गरि रहेको पाइएको र प्रहरी पुग्दा चार वटा ट्याक्टर भागेपनि दुई वटा ट्याक्टर र एउटा जेसिवी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सागरनाथ वन विकास परियोजनाका कार्यालय प्रमुख यादवले आर्थिक चलखेल गरि नदीजन्य पदार्थ उत्खनन् गर्न दिएका र परिायेजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर परियोजना भित्रका विभिन्न स्थानमा रहेका पोखरीहरु पनि आर्थिक चलखेल गरि स्थानीयलाई गरि खान भनी दिएका समेत रहस्य बाहिरिएको छ ।
त्यस्तै परियोजनाका यस अघिका कार्यालय प्रमुखहरुले परियोजनाको क्षेत्र भित्र अतिक्रमण हुन नदिने भन्दै रोकेका कामहरु हालका कार्यालय प्रमुख यादव र सहायक वन अिधकृत चौधरीले आर्थिक चलखेलमा परि त्यस्ता क्षेत्रहरुमा घर टहरा बनाउन दिएका, पोखरी खन्न दिएका, वनजङ्गल चोरी तस्करी हुँदा समेत मौन बसेका स्थानीयको आरोप छ ।
परियोजनाका काठ, दाउरा ठेक्का नलगाउने र बाहिरबाट अवैध तरिकाबाट कमिसन असुलीमा कार्यालय प्रमुख यादव र सहायक वन अधिकृत चौधरी तल्लिन हुँदा कार्यालयमा कार्यरत एक सय ४६ जना कर्मचारीले विगत करिब आठ महिना देखि तलब पाएक छैनन् ।
यस अघिका कार्यालय प्रमुखहरुले सबै कर्मचारीहरुको तलब समयमै खुवाउने गरेका भएपनि हालका कार्यालय प्रमुख यादवले वेवास्था गरेका कारण कर्मचारीहरु लामो समयदेखि तलब खान नपाउँदा पीडित भएका छन् ।




